नेपालका शतकधारी क्रिकेटर सुवास किन टाढिए क्रिकेटबाट, पीएम कप पनि नखेल्ने

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल पछिल्लो पटक क्रिकेटबाट अलि टाढा रहेका छन । पछिल्लो पटक लर्डसमा भएको नेदरल्याण्ड्स र एमसीसी विरुद्धको सिरीज र नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरीजका लागि टिममा अटाएका सुवास त्यसपछि फेरी टिम बाहिर रहदै आएका छन । उनी घरेलु प्रतियोगितामा पनि खासै देखिएका छैनन् र तत्काल क्रिकेटमा फर्किने मुडमा पनि छैनन् सुवास खकुरेल ।

नेदरल्याण्ड्स टुरपछि क्रिकेट खेल्ने इच्छा हुँदाहुँदैपनि चोटका कारण बाहिर रहेका सुवास अहिलेपनि पुर्ण रुपमा ठिक भएका छैनन् । बाइकबाट लड्दा हातमा चोट बोकेका सुवासले एक बर्ष अगाडी भएको प्रधानमन्त्री कपबाट उत्कृष्ट कमब्याक गरेका थिए । उनले सो प्रतियोगितामा सतक नै प्रहार गर्दै आफु अझैपनि फर्ममा रहेको प्रमाणित गरेका थिए । जसका कारण उनी राष्ट्रिय टिममा सो बेला तीन बर्षपछि कमब्याक गर्न सफल भएका थिए ।

यसपटक जेठ एक गतेबाट फेरी प्रधानमन्त्री कपको तेस्रो संस्करणको आयोजना हुँदैछ । तर यो प्रतियोगितामा सुवास नखेल्ने भएका छन । उनको हातको चोट विचमा फेरी बल्झिएपछि आराममा छन भने त्यसमाथि उनी पारिवारीक ब्यवसायमा ब्यस्त बनेका छन । सुवासले नेप्लेजसँगको कुराकानीमा प्रधानमन्त्री कपका बेला आफ्नो अरुपनि ब्यवसायीक र पारीवारीक काम भएकाले खेल्न नपाउने बताए । साथै उनले अब क्रिकेटमा पोखरा प्रिमियर लिगबाट फर्किने बताए ।

सुवासले विचमा प्रशिक्षण पनि नगरेको र एकैपटक खेलमा उत्रदा कठिन हुने भएकाले ५–६ महिनाको समय राखेर क्रिकेटमा फर्किने सोच बनाएको बताए । नेपाली राष्ट्रिय टिममा सुवास बाहिर भएपछि ओपनरमा बारम्बार परिक्षण गरिदै आएको छ । तर कुनै पनि जोडीले राम्रो प्रदर्शन गर्न सकेको छैन ।


राष्ट्रिय टिमसम्मकाे यात्रा

राष्ट्रिय टोलीको क्याम्पमा सन् २००८ देखि नै पर्न थाले पनि उनी टिममा पर्न सकेका थिएनन् । त्यसले निराशा पनि उत्तिकै थपिएको थियो । एकपटक त उनले सोचेका थिए कि ‘खेलेर करिअर बनाउन सकिन्न, अब बिदेश जान्छु ।’

‘२००८ देखि नै क्याम्पमा पर्न थालेको हो । तर, टिममा पर्न सकिन । यु १९ क्याम्पबाट पनि फालिएको थिएँ । एक हिसावले मैले क्रिकेट खेल्ने चान्स पाउँदिन, मेरो करिअर यति नै हो भन्ने लागेको थियो ।’

‘साग गेम्सको लागि क्याम्प सुरु भयो, सुरुआती ३० जनाको लिष्टमा पनि म परिनँ । त्यसमा पनि नपरेपछि म झनै निराश बनेको थिएँ । बिदेशतिर जानुपर्ला भन्ने सोचिसकेको थिएँ । पुतलीसडकमा एउटा कन्सल्टेन्सीमा बुझ्न पनि गएको थिएँ ।’

‘क्याम्प सुरु भएको सातापछि उनलाई क्याम्पमा आउन खवर आयो । क्याम्पमा गएर राम्रो ब्याटिङ गरी, तत्कालीन प्रशिक्षकलाई प्रभावित पारे, फलस्वरुप साग गेम्सका लागि उनी य–२३ टिममा छानिए । र, उमेर समूहको सिनियर टिमबाट खेल्न पाए ।’

‘कमब्याक’को तयारीमा सुवास खकुरेल

 

Post Add 1025X115
Loading...