पाथिभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

0

ताप्लेजु, २६ वैशाख । पाथिभरा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले रक्षा गरेको छ ।

ताप्लेजुङको नारायणी माविमा विहीबार भएको फाइनलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीमाथि ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

पुलिसले आर्मी माथि २५–१९, २५–१७ र २५–१३ को सोझो सेटमा पाखा लगायो । प्रतियोगिताको उपाधि विजेता पुलिसले ३ लाख ५१ हजार ५ सय रुपैयाँ पुरस्कार पाउँदा उप विजेताबनेको आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँमा चित्त बुझायो ।

पुलिसका स्पाइकर कुल बहादुर थापा उत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँ प्राप्त गरे । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए ।

 

Post Add 1025X115
Loading...