भारतलाई गोल हान्दा जीवनकै सबैभन्दा ठूलो सन्तुष्टि पाएँ : जुमानु

0

नेपाल पुलिस क्लबले घरेलु फुटबलमा कुनै एक काल आफ्नो दबदबा कायम राख्यो । त्यो समय घरेलु फुटबलको सबैजस्तो उपाधि पुलिसको कब्जामा हुन्थे । त्यो पिँढीको साक्षी हुन् जुमानु राई ।

जसले करिव एक दशक निरन्तर रुपमा नेपाली फुटबलको मुख्य स्ट्राइकरको भूमिका निर्वाह गरे । अहिले उनी करियरको अन्त्यतीर छन् । यसै साता नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा दिवसको अवसर पारेर जुमानु राईलाई सम्मान गर्‍यो ।

नेपाली फुटबलमा योगदान पुर्‍याउने विभिन्न ब्यक्तित्वलाई एन्फाले सम्मान गर्दा प्रशिद्ध नेपाली स्ट्राइकर जुमानु राईलाई विशिष्ठ अवार्डबाट सम्मान गर्‍यो ।  जुन अवार्डको पुरस्कार राशी १५ लाख थियो ।

झण्डै एक दशक नेपाली राष्ट्रिय फुटबल टिम र नेपाल पुलिस क्लबका मुख्य स्ट्राइकर जुमानु राईले एक वर्ष संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा हइटीमा विताए ।

हाल नेपाल प्रहरीमा सई रहेका जुमानु फुटबलमै रमाए । नेपाल रहँदा फुटबलको पेरिफेरीमा रमाएका जुमानुले हइटीमा प्रहरी हुनुको बास्तविक अनुभव लिने मौका पाए । जुमानु अहिले ३५ वर्षका भए । हइटीमा उनले आफुलाई फिट बनाउनका लागि पर्याप्त समय पाए ।

यसकारणले गर्दा उनलाई फुटबल मैदानमा फर्किने आत्मविश्वास बढेको छ । जुमानु २०१५ मा अन्तिम पटक राट्रिय टिममा खेले । नौ वर्षे खेलाडी करियर यात्रामा अग्रपंक्तिमा जुमानुले आफ्नो स्थान कहिले पनि गुमाएनन् ।

नयाँ पिँढीको आवगमनका कारण उनी राष्ट्रिय टिमबाट भने सन्यास लिने मुडमा छन् । सन् २००६ मा एएफसी च्यालेञ्ज कपमा ब्रुनईविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका जुमानुले ५३ खेलमा ११ गोल गरेका छन् ।

उनले कम्बोडियाविरुद्धको खेलमा पहिलो गोल गरे र साफ च्याम्पियनसिप अन्तगर्त भारतविरुद्ध दशरथ रंगशालामा अन्तिम गोल गरे । खेलाडी करियरको पहिलो र दोस्रो गोल उनको अविश्मरणीय छन् । दिमागमा अझ पनि ताजै छन् । केही समय क्लब फुटबल खेलेर प्रशिक्षण तर्फ लाग्ने योजना जुमानुको छ ।

जुमानुसँग नेप्लेजले गरेकाे कुराकानी भिडियाेमा ।।

 

भारतविरुद्दकाे खेलमा जुमानु राईले यसरी गाेल गरेका थिए ।

 

Post Add 1025X115
Loading...