पुरूष राष्ट्रिय भलिबलकाे उपाधिका लागि पुलिस र आर्मी खेल्ने

0

पाथिभरा राष्ट्रिय पुरूष भलिबल प्रतियाेगिताकाे उपाधिका लागि २ विभागिए टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन । पुलिसले गण्डकी प्रदेशमाथि र आर्मीले एपीएफमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाए ।

ताप्लेजुङको नारायणी माविको खेल मैदानमा  भएकाे सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । एपीएफ विरूद्द चिरप्रतिद्वन्द्दी आर्मीले २५-२१, २५-२०,२०-२५ र २६-२४ को सेटमा पराजित गर्यो । ७ जना राष्ट्रिय टोलीका खेलाडीसहित उत्रिएको आर्मीले सुरूवात देखि नै एपीएफलाइ दबावमा राखेकाे थियाे । अब उसले उपाधिका लागि साविकको विजेता नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

पुलिसले गण्डकी प्रदेशलाई २५-१५, २६-२४ र २५-१७ को सेटमा हराउँदै फाइनलमा स्थान बनायाे ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रूपैयाँ हात पार्नेछन ।

त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् ।

Post Add 1025X115
Loading...