टेनिस वरियतामा फेडेरर तेस्रो स्थानमा

0

काठमाडौं, २४ वैशाख । विश्व टेनिसको वरियतमा स्वीट्जरल्याण्डका रोजर फेडरर तेस्रो स्थानमा उक्लिएका छन् ।

एक स्थान सुधार गर्दै उनी तेस्रो स्थानमा आउँदा पहिलो र दोस्रो स्थानमा भने यसअघिकै खेलाडी यथावत रहे । म्यूनिख ओपनमा क्वार्टरफाइनलमा एलेक्जेन्डर ज्वेरब पराजित भएपछि फेडेरर तेस्रो स्थानमा उक्लिएका हुन् ।

सर्बियाका नोभाक जोकोविच पहिलो र स्पेनका राफेल नाडाल दोस्रो स्थानमा छन् । डब्ल्यूटीए र्याङकीङको टप १० मा जम्मा चार खेलाडीको मात्रै वरियता परिवर्तन भएको छ ।

महिलातर्फ नाओमी ओसाका पहिलो स्थानमा रहँदा पेत्रो क्वितोवा दोस्रो र हालेप तेस्रो स्थानमा छिन् ।

Post Add 1025X115
Loading...