क्योकुसिन राष्ट्रिय कराते २७ र २८ गते हुने

0

नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा यहि २७ र २८ गते राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

२० औं राष्ट्रिय पुरुष तथा १३ औं महिला तौल समुह फुलकन्टयाक्ट कराते प्रतियोगितामा पुरुष तर्फ ८५ तथा महिला तर्फ ३८ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा कुल एक सय २३ खेलाडीको सहभागिता रहेकोछ ।

प्रतियोगितामा पुरुष खेल्ला तर्फको पहिलो हुने खेलाडीले ३० हजार, दोस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछन ।

यस्तै महिला तर्फ पहिलो हुने खेलाडीले १० हजार, दोस्रो हुनेले ५ हजार रुपैयाँ हात पार्नेछन ।

Post Add 1025X115
Loading...