पुलिस र गण्डकी पाथीभरा पुरूष भलिबलकाे सेमिफाइनलमा

0

साविकको विजेता नेपाल पुलिस क्लब र गण्डकी प्रदेश पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा प्रदेश ३ लाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो  ।

पुलिसले प्रदेश ३ लाई २५-११, २४-२५, २५-१५ र २५-१४ को सेटमा पराजित गर्यो । पाँच राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको पुलिसलाई दोस्रो सेटमा भने प्रदेश ३ ले रोकेको थियो ।

दोस्रो क्वाटरफाइनलमा गण्डकी प्रदेशले टियु विश्वबिद्यालय टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गर्यो । गण्डकीले विश्वबिद्यालय टिमलाई २५-१६, २५-११ र २५-१७ को सेटमा पराजित गर्यो ।

Post Add 1025X115
Loading...