उड्सले पाए अमेरीकाकाे उच्च सिभिलियन सम्मान

0

१५ पटकको मेजर विजेता टाइगर उड्सलाई अमेरीकाको उच्च सिभिलियन सम्मान मिलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उड्सलाई वासिङटनमा आयोजना भएको विशेष कार्यक्रममा सो सम्मान दिएका हुन ।

४३ बर्षे उड्सले यहि अप्रिलमा अगुस्टामा ११ बर्षपछि मेजर गल्फ प्रतियोगिताको उपाधि जितेका थिए । जसका कारण उनले मेडल अफ फ्रिडमको अवार्ड पाएका हुन ।

खेलाडी जीवनमा निकै उताडचडावबाट गुज्रिएका उड्सले सो अवार्डमा आफ्ना दुई बच्चा र आमालाई धन्यवाद दिएका थिए ।

यो अवार्ड त्यस्तो ब्यक्तिलाई दिने गरिन्छ, जसले देशको सुरक्षामा योगदान गरेको, विश्व शान्तीमा सहयोग गरेको लगायतका आवश्यकता छन । जसमा उड्स खेलकुदबाट पर्ने चौथो ब्यक्ति हुन ।

Post Add 1025X115
Loading...