म कमाउनका लागि एन्फा आएकाे हाेइन : अध्यक्ष कर्मा छिरिङ शेर्पा

0

काठमाडौं, २१ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फामा कर्माछिरिङ शेर्पा अध्यक्ष भएको १ वर्ष भएको छ । गत वर्षको वैशाख २२ गते भएको निर्वाचनमा उनी एन्फाको नेतृत्वमा आएका हुन् । लामो समयसम्म गणेश थापा अध्यक्ष रहेको एन्फामा अनियमितता भएको आरोपमा एएफसीले १० वर्षका लागि कारबाही गरेपछि एन्फाको नेतृत्व हस्तान्तरण हुने अवस्थामा पुगेको थियो ।

कर्माले यसअघि थापाको नेतृत्वमा हुँदा उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । तर त्यतिबेला तत्कालिन अध्यक्ष थापाको खरो विरोधीको छवि बनाएका कर्मा ‘चेन्ज एन्फा’को नारा लिएर चुनावी मैदानमा उत्रदा सफल भए । ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका कर्माले एक वर्षमा केही काम सुरुआत गरेको र रिजल्ट भने अझै आई नसकेको बताउँछन् ।

एक वर्षे कार्यकालबारे नेप्लेज डटकमको युट्युव च्यानल नेप्लेज टिभीसँग आफ्नै कार्यकक्षमा कुरा गर्दै शेर्पाले अहिले पनि काम गर्न विभिन्न वाधा व्यवधान भने रहेको बताउँदै ती चिर्दै अघि बढीरहेको प्रतिक्रिया दिए । अहिले एन्फामा थिती बसाल्ने काम गरेको बताउँदै आफू टिका टिप्पणीले नहच्किने पनि प्रष्ट पारे । नीतिगतरुपमा प्रमाणसहित आए सबै कुराको फेस गर्न तयार रहेको बताउँदै शेर्पाले आफूले सधैं आर्थिक पारदर्शिताको कुरा उठाएको स्मरण गरे । आर्थिक अनियमितताका लागि आफू एन्फामा नआएको प्रष्ट पार्दै नेपाली फुटबलको विकासमा सधैं लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाली फुटबलले क्रमश विकासको गति लिएको बताउँदै एकै पटक ‘प्रोफेशनल’ बन्न भने अलि अप्ठेरो रहेको र अहिले नेपाली फुटबल ‘एमेच्योर’ अवस्थामा रहेको सुनाए । प्रस्तुत छ नेप्लेज टिभीले एन्फा अध्यक्ष शेर्पासँग गरेको कुराकानी अब यो भिडियोमा ।

Post Add 1025X115
Loading...