उड्स अमेरीकाकाे उच्च पदकबाट सम्मानित हुँदै

0

टाइगर उड्सलाई अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकाको सबैभन्दा ठुलो सिभिलियन सम्मान दिने भएका छन ।

अर्को साता वासिंटनमा हुने विशेष कार्यक्रममा डोनाल्डले उड्लाई सो सम्मान दिन लागेका हुन । १५ पटकका मेजर प्रतियोगिताका विजेता उड्सले एक साता अगाडी मात्र अगुस्टामा अर्को मास्टर्सको उपाधि जितेका थिए । उनले राष्ट्रपतिबाट मेडल अफ फ्रिडम पदकबाट सम्मान पाउनेछन ।

सोमबार हुने यो कार्यक्रमका लागि उड्स निकै आतुर रहेको बताएका छन । ११ बर्षसम्म कुनै ठुलो प्रतियोगिता जित्न नसकेको उड्ले आफ्नो चोटग्रस्त जीवनबाट कमब्याक गर्दै मास्टर्सको उपाधि जितेका थिए ।

यो मेडल पाउने उड्स चौथो गल्फर बन्नेछन । यसअघि ज्याक निकोल्स, आर्नोल्ड पाल्मेर, चार्ली सिफोर्डले पाएका छन ।

Post Add 1025X115
Loading...