दिदीभाइको जोडी उपाधिनजिक

0
काठमाडौं, १९ बैशाख । दिदी अश्लेषा र भाइ आइभन हो लिसानेविचको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
दिदीभाइको जोडीले जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । फाइनलमा दिदीभाइको जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । अर्को सेमिफाइनलमा सन्तोष र गंगाको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ६–३, ६–७ र १०–८ ले हराएका थिए ।
पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारीले राजु श्रेष्ठलाई ६–२ र ६–४ तथा छेवाङ लामाले महेश श्रेष्ठलाई ६–४ र ६–४ को सीधा सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकारले फादर म्याथ्युलाई ४–० र ४–० तथा गौतमलाल प्रधानले सेतेन नोर्केललाई ४–० र ४–० ले निराश पार्दै फाइनल यात्रा तय गरे ।
पुरुष ५५ वर्षमाथि डबल्समा कमल थापा र छ्याम्बा धोन्डुपको जोडीले समिर शेरचन र राजु गुरुङको जोडीलाई ७–५ र ६–४ तथा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले करिम मुल्लाह मुस्लिम र कर्मा घलेको जोडीलाई ६–१ र ६–१ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।
पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घलेले राजु गुरुङलाई ६–० र ६–२, करिम मुल्लाहले छ्याम्बा धोन्डुपलाई ६–७(२), ६–३ र १०–२, कमल थापाले ध्रुव गुरुङलाई ६–३ र ६–२ तथा सुशीलराज पाण्डेले राजेन्द्र घिमिरेलाई ६–४, ३–६ र १२–१० ले पराजित गर्दै सेमिफाइनलमा पुगे ।
पुरुष ४५ वर्षमाथि डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले आशिष सिग्देल र उत्तमकुमार शेर्पाको जोडीलाई ६–१ र ६–२, गोपी भट्टराई र धरम लामिछानेको जोडीले संग्रामसिंह लामा र मधु परियारको जोडीलाई ६–१ र ६–२, चन्द्र शाही र दिनेश तुलाधरको जोडीले डेगेन्द्र श्रेष्ठ र राजेश क्षेत्रीको जोडीलाई ६–२ र ७–६ तथा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले हेमचन्द्र गुरुङ र धर्म शाहीको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
पुरुष ४५ वर्षमाथि सिंगल्समा राजु श्रेष्ठले स्कोट हेरिङगरलाई ६–० र ६–१, मनोज शाहले धरम लामिछानेलाई ६–३ र ७–५, राजु राईले उत्तम बोगटीलाई ७–५ र ६–१ तथा चन्द्र शाहीले आशिष सिग्देललाई ६–० र ६–२ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष ३५ वर्षमाथि डबल्समा राजु श्रेष्ठ र सिमान्त गुरुङको जोडीले डेगेन्द्र श्रेष्ठ र राजु क्षेत्रीको जोडीलाई ६–३ र ६–२ तथा कमलबहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले आत्माराम कार्की र राजु श्रेष्ठको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए ।
Post Add 1025X115
Loading...