एथ्लेटिक्सकाे नयाँ नियम विरुद्द ओलम्पियन कास्टेरकाे अपिल खारेज

0

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघको नयाँ नियम विरुद्ध दक्षिण अफ्रिकी एथ्लेटिक्स खेलाडी कास्टेर सेमेन्याको अपिल खारेज भएको छ ।

उनले आइएएफ विरुद्ध आर्विटेरी अफ स्पोर्टसमा अपिल गरेकी थिइन । तर उनको सो अपिललाई खारेज गरिएको छ । ओलम्पिकमा आठ सय मिटरमा तीन पटककी च्याम्पियन कास्टेरले यो एथ्लेटिक्सको नयाँ नियमले भविष्यमा खेलाडीलाई ठुलो असर गर्ने भन्दै अपिल गरेकी थिइन ।

तर उनी आफ्नो योजनामा असफल भएकी छिन । आइएएफले महिला खेलाडीको टेस्टोटोरिन लेभल जाँचकालागि स्विकार गर्ने बताएको थियो । जसका विरुद्ध उनले सीएएसमा अपिल गरेकी थिइन ।

Post Add 1025X115
Loading...