शंकरदेब र जेभियर कलेज उपाधि नजिक

0

शंकरदेब र जेभियर कलेज खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बुधवार प्राईम कलेजको कोर्टमा भएको पहिलो सेमिफाईनल खेलमा शंकरदेबले गोल्डेनगेट कलेजलाई ६२–५५ को स्कोरमा हराउदै उपाधि नजिक पुगेको छ ।

शंकरदेबको जितमा उत्कृष्ट प्रदर्शन गरेका सौरभ श्रेष्ठले सर्वाधिक ३९ स्कोर गरेका थिए । मध्यान्तरको समयमा ४ अंकले पछि परेको शंकरदेब क्याम्पसले उत्कृष्ट पुनरागमन गदै फाईनलको यात्रा तय गरेको थियो ।

शंकरदेव पहिलो र दोश्रो क्वाटरमा १४–१६ र १९–२१ ले पछि परे पनि तेश्रो र चौथो क्वाटरमा १८–११ र ११–७ को अग्रता लिदै समग्रमा ६२–५५ को स्कोरले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साईन्स क्याम्पस स्वबियुको ब्यवस्थापनमा संचालनभएको प्रतियोगिताको दोश्रो सेमिफाईनलमा जेभियरले टाईम्स कलेजलाई ६२–५७ को स्कोरमा हरायो ।

प्रतियोगिताको बिजेता टिमले १ लाख ११ हजार र उपबिजेताले ५५ हजार ५ सय प्राप्त गर्ने छन् ।

Post Add 1025X115
Loading...