मिस्टर हिमालय शुक्र र शनिबार हुने

0

मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता तथा दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । जसका तयारी पुरा भएकाे आयाेजकले जनाएका छन ।

प्रतियोगिताको प्रि जजिङ चरण जावलाखेलस्थित डीएभी कलेज र फाइनल चरण प्रज्ञा भवन कमलादीमा हुनेछ ।

प्रतियोगतामा मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथीको तौलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देश भरबाट करिब एक सय ३० खेलाडीकाे सहभागिता रहने आयाेजककाे भनाइ छ ।

हरेक ताैल समूहका खेलाडीकाबीच शुक्रबार हुने प्रि जजिङबाट फाइनल राउण्डका लागि ५ खेलाडी छनोट हुनेछन । जसमा विजेता हुने खेलाडीमा स्वर्णले २५, रजतले १५ र कास्यले १० हजार पाउनेछन ।

Post Add 1025X115
Loading...