नेपाल बास्केटबल लिगमा आर्मीकाे लगातार तेस्रो जित

0
 नेपाल बास्केटबल लिगमा विभागिए टिम त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेकाे छ ।
प्रतियाेगितामा अपराजित यात्रा कायम राख्ने क्रममा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ स्कोरले पराजित गर्याे । आर्मीको जितमा रोविन खत्रीले २६ अंकको योगदान दिए ।  पहिलाे क्वाटरदेखि नै अग्रता बनाएकाे आर्मीले पुरै खेलमा कीर्तिपुरमाथि दबाव बनाएकाे थियाे ।

पहिलो क्वाटरमा २२–१५ ले अगाडी रहेको आर्मी दोस्रो क्वाटरमा २४–१८ को अग्रता बनाउन सफल भयो । त्यसपछि तेस्रो क्वाटरमा पनि आर्मीले १९–१३ को अग्रता लिन सफल भयो । चौथो तथा अन्तिम क्वाटरमा पनि आर्मी १३–१२ ले विजयी भयो ।

जितसंगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।
Post Add 1025X115
Loading...