टर्किस गल्फ बैशाख २८ गते हुने

0

टर्किस एयरलाइन्स वर्ल्ड गल्फकाे छनाेटका लागि बैशाख अन्तिम साता गल्फ प्रतियाेगिता हुने भएको छ ।

वैशाख २८ गते हुने प्रतियाेगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा १०० एमेच्योर गल्फरले भाग लिने छन् । १८ होलमा हुने प्रतियोगिता स्टेबलफोर्ड पद्धतिमा ३/४ ह्यान्डीक्यापको आधारमा हुनेछ ।

प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपमा सहभागिता जनाउन पाउने छन् । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप आगामी नोभेम्बर पहिलो साता हुनेछ ।

 

Post Add 1025X115
Loading...