नेपाल बास्केटबल लिगमा आर्मीकाे लगातार दाेस्राे जित

0
 नेपाल बास्केटबल लिगमा विभागिए टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेकाे छ ।
आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८९-८१ स्कोरले पराजित गरेको हो । आर्मीले पुलिस विरुद्ध पहिलो क्वाटरदेखि नै अग्रता बनाएको थियो । जसमा पहिलो क्वाटरमा आर्मीले ३०–२२ को अग्रता बनायो भने दोस्रो क्वाटरमा २१–१९ ले अगाडी रह्यो । यस्तै तेस्रो क्वाटरमा आर्मी १९–२० ले पछि पर्यो । चौथो क्वाटरमा समेत एक अंकले पछि परेको आर्मी समग्रमा भने ८९–८१ ले विजयी भयो ।
आर्मीको जितमा रविन खत्रीले २९ अंक जोडे । जितसंगै आर्मीले ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार दोस्रो हार हो ।
Post Add 1025X115
Loading...