लण्डन म्याराथनमा केन्याको वर्चश्व

0

केन्याका धावक इलिउड किप्चोगेले लण्डन म्याराथनको उपाधि जितेका छन् । म्याराथनको इतिहासकै दोस्रो उत्कृष्ट समय निकाल्दै किप्चोगे च्याम्पियन बनेका हुन् ।

फुल म्याराथनको विश्व कीर्तिमान किप्चोगेकै नाममा छ । ३४ वर्षे किप्चोगेले गत वर्ष बर्लिन म्याराथनमा बनाएको २ घण्टा १ मिनेट ३९ सेकेण्डको कीर्तिमान कायम छ । लण्डनमा उनले २ घण्टा २ मिनेट ३८ सेकेण्डको समय निकाले ।

पुरुष तर्फ इथियोपियाका मोसिनेट गेरोमियु र मुले वाशिउन क्रमश दोस्रो र तेस्रो भए ।

केन्याकै ब्रिगिड कोस्गेईले महिला तर्फको उपाधि जितिन् । २५ वर्षे कोस्गेईले दुई घण्टा १८ मिनेट २० सेकेण्ड मार्क गरिन् । महिला तर्फ उनले डिफेन्डिङ च्याम्पियन भिभियान चेरियोट दुई मिनेटले पछि पारिन् । इथियोपियाकी रोजा देरेजे तेस्रो भइन् ।

Post Add 1025X115
Loading...