नेपाल बास्केटबल लिगमा बुढानिल्कण्ठकाे सहज जित

0

नेपाल बास्केटबल लिग अन्तर्गत आइतबार विहान भएको खेलमा बुढानिल्कण्ठ नगरपालिका बास्केटबल क्लव विजयी भएको छ ।

गल्फुटारमा आज विहान भएको खेलमा बुढानिलकण्ठले किर्तीपुर बास्केटलबल टिमलाई ७०–५६ स्कोरले हरायो ।

पहिलो क्वाटरमा २१ नौ को अग्रता बनाएको बुढानिलकण्ठ दोस्रो क्वाटरमा १४–२० ले पछि परेको थियो । तेस्रो क्वाटरमा १४–१३ को झिनो अग्रता बनाएको बुढानिलकण्ठले अन्तिम क्वाटरमा २१–१४ ले अगाडी रहदै जित निकाल्यो ।

खेलमा म्यान अफ द म्याच सौरभ श्रेष्ठ बने । ८ टिमको सहभागिता रहेको प्रतियोगिता शनिबारबाट सुरु भएको हो । ५५ दिनसम्म चल्ने प्रतियोगितामा ६८ खेल हुनेछन ।

Post Add 1025X115
Loading...