नेपाल बास्केटबल लिगको पहिलो दिन आर्मी र टाइम्स विजयी

0

नेपाल पुरुष बास्केटबल लिग आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन आर्मी क्लब र टाइम्स इन्टरनेश्नल कलेज विजयी भएका छन् ।

गत संस्करणको विजेता गोल्डेनगेट उपविजेता आर्मीसँग १४४(६९ स्कोरमा पराजित भयो । पहिलो क्वार्टरदेखि नै अग्रता कायम गरेको आर्मीले गोल्डेनगेटलाई अन्तिमसम्म नै दबाबमा राख्यो ।

पहिलो क्वार्टरमा २६–१५ को अग्रता लिएको आर्मीले दोस्रो क्वार्टरमा २६–१७ को अग्रता बनायो । तेस्रोमा २५–१४ र चौथोमा २७–२३ को अग्रता बनाउँदै आर्मीले ठूलो अन्तरको जित हात पा¥यो । आर्मीको जितमा रामकृष्ण घोतानाले १७ स्कोरको योगदान गरे ।

अर्को खेलमा टाइम्स इन्टरनेश्नल कलेजले नेपाल पुलिस क्लबलाई ९६–६१ ले पराजित ग¥यो । टाइम्सको जितमा सदिश प्रधानले ४२ स्कोरको योगदान दिए ।

Post Add 1025X115
Loading...