एशियन कप ट्रायथलनकाे उपाधि जापनीज खेलाडी माकाेताेले जिते

0

पोखरामा आयोजित एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन् ।

उनले ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । पोल्याण्डका खेलाडी डान म्याकटोसले ५४ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चित्त बुझाए । कोरियाका जी ह्वान किमले ५५ मिनेट २ सेकेण्डमा पुरा गर्दै कास्य पदक हात पारे ।

त्यस्तै साउथ एशियन ट्रायथलन च्याम्पियनसिप तर्फको उपाधि भने नेपाली खेलाडी बसन्त थारुले जिते । भारतीय खेलाडीको बर्चस्वलाई तोड्दै उनले एक घण्टा ३ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भए । भारतीय खेलाडी लोकेन्द्रकुमार वावुजीले एक घण्टा ७ मिनेट १३ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते ।

तेस्रो स्थानमा भने नेपाली खेलाडी नितेश मानन्धरले एक घण्टा ८ मिनेट ३४ सेकेण्डको समय लगाएका थिए । महिला तर्फको प्रतिस्पर्धामा एक घण्टा २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जितिन् । दोस्रो स्थानमा भने जापानकी कोनामी यासिओडाले १ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् ।

त्यसैगरी जापानकै नाओमी ताकामिनेले १ घण्टा ४ मिनेट ५५ सेकेण्डको समयमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । प्रतिस्पर्धामा पुरुष तर्फ २० र महिला तर्फ ९ जनाले सहभागिता जनाएका थिए ।

Post Add 1025X115
Loading...