आठाै‌मा रत्नजितलाई हराएका प्रिन्सले थाइल्याण्डमा पदक पक्का

0

आठाै‌ राष्ट्रिय खेलकदमा नेपाली ब्याटमिन्टनमा तीन बर्षमा पहिलाे पटक रत्नजितमाथि जित निकालेका युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपमा पदक पक्का गरेका छन । उनले च्याम्पियनसिपको ब्वाइज यु–१७ मा पदक पक्का गरेका हुन ।

शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा प्रिन्सले यु–१७ तर्फ थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २१–१३ र २१–१६ को सोझो सेटमा हराउँदै पदक पक्का गरे । याे जितसँगै सेमिफाइनलमा पुगेका उनले कम्तिमा काश्य पदक हात पार्नेछन ।

Post Add 1025X115
Loading...