५५ दिनसम्म चल्ने पुरुष बास्केटबल लिग सुरु

0

नेपाल पुरुष बास्केटबल लिग आजबाट सुरु भएकाे छ । जसमा उद्घाटन खेलमा गाेल्डेनगेट र त्रिभुवन आर्मी विच खेल भइरहेकाे छ ।

यसअघि ताेकिएकाे मिती भन्दा एक साता पछाडी सरेकाे प्रतियाेगिता डबल राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगिता होम एण्ड अवेमा हुनेछ । मेन्स बास्केटबलमा कुल ६८ खेल हुनेछन । दुई चरणको लिगपछि शिर्ष चारमा रहने टिमले प्लेअफका लागि खेल्नेछन । प्लेअफमा पहिलो र दोस्रो हुनेले बेष्ट अफ थ्रीका आधारमा पहिलो क्वालिफायर्स खेल्नेछन । जसको विजेता फाइनलमा पुग्नेछ ।

तेस्रो र चौथो स्थानको टिमले पनि बेष्ट अफ थ्रीका आधारमा एलिमिनेटर खेल्नेछन । विजयी टोलिले पहिलो क्वालिफायर्समा हार्ने टिमसँग दोस्रो क्वालिफायर्स खेल्नेछ ।

 

Post Add 1025X115
Loading...