नेपालमा पहिलाे पटक महिला बास्केटबल लिग हुने

0

नेपालमा पहिलो पटक आयोजना हुन लागेका नेपाल पुरुष बास्केटबल लिग एक साता पछाडी सरेको छ । आयोजकले नयाँ मिती सार्वजनिक गर्दै प्रतियोगिता भोलीदेखि सुरु गर्ने भएको छ । यसका साथै प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा महिला बास्केटबल लिग पनि हुने भएको छ ।

प्रतियोगिता जेठ १६ गतेदेखि असार सात गतेसम्म हुने भएको छ । जसमा ५ टिमको सहभागिता रहनेछन । सहभागि टोलिहरुमा त्रिभुवन आर्मी, नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव, समृद्धी गारिल्लाज र आइएसओ काइट छन । प्रतियोगितामा कुल २४ खेल हुनेछन ।
यस्तै पुरुष बास्केटबल लिग ५५ दिनसम्म चल्नेछ । जसमा आठ टिमको सहभागिता रहेको छ ।

डबल राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगिता होम एण्ड अवेमा हुनेछ । मेन्स बास्केटबलमा कुल ६८ खेल हुनेछन । दुई चरणको लिगपछि शिर्ष चारमा रहने टिमले प्लेअफका लागि खेल्नेछन । प्लेअफमा पहिलो र दोस्रो हुनेले बेष्ट अफ थ्रीका आधारमा पहिलो क्वालिफायर्स खेल्नेछन । जसको विजेता फाइनलमा पुग्नेछ ।

तेस्रो र चौथो स्थानको टिमले पनि बेष्ट अफ थ्रीका आधारमा एलिमिनेटर खेल्नेछन । विजयी टोलिले पहिलो क्वालिफायर्समा हार्ने टिमसँग दोस्रो क्वालिफायर्स खेल्नेछ ।

प्रतियोगिताको पुरुष र महिला दुबै लिगमा पहिलो र दोस्रो हुनेले समान दुई लाख र एक लाख पाउनेछन ।

Post Add 1025X115
Loading...