टी-२० विश्वकपकाे एसिया छनाेट अगाडी नेपाल अन्तर्राष्ट्रिय सिरीज खेल्ने याेजनामा

0

जुलाईमा सिंगापुरमा हुने आइसीसी टि–२० विश्वकपको एशिया क्षेत्रको दोस्रो चरणको छनोट अगाडी नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय सिरीज खेल्ने योजना बनाएको छ ।

सिंगापुरमा जुलाईमा हुने प्रतियोगिता अगाडी नेपाली टिमलाई अन्तराष्ट्रिय सिरीज वा मैत्रीपुर्ण प्रतियोगिताका लागि पहल भइरहेको छ । जसका लागि आइसीसीसँग समन्वय भइरहेको बताइएको छ । सिरीज टी–२० र एकदिवसिय सम्मिलित हुनेछ ।

नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले विश्वकप छनोट अगाडी एउटा सिरीजका लागि कुरा भइरहेको र कहाँ हुने भन्ने फाइनल नभइसकेको बताए । उनले एशिया भन्दा बाहिर नै प्रतियोगिता गर्ने तयारी भइरहेको समेत बताए ।

एकदिवसिय मान्यता पाएपनि नेपालले दुई वटा अन्तराष्ट्रिय सिरीज मात्र खेलेको छ । यदि यो योजना पुरा भएमा नेपालले बाइल्याट्रल सिरीज खेल्ने संम्भावना धेरै रहेको छ ।

विश्वकप छनोटको एशिया क्षेत्रको दोस्रो चरणमा सिंगापुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुनेछ । जसमा नेपालसहित सिंगापुर, कतार, ओमान, मलेसिया, युएई र कतार रहेका छन । जसमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।

Post Add 1025X115
Loading...