आठौं राष्ट्रिय समिक्षाः ब्यवस्थाकीय कमजाेरी, अधुरा पुर्वाधार, असन्तुष्ट खेलाडी

0

प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आठौंले आफ्नो यात्रा सम्पन्न गर्यो । अब नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ ।
तीन पटक पुर्वाधारका कारण सरेको प्रतियोगिता अन्तिममा पनि हुन्छ की हुदैन, हुन्छ की हुदैन भन्दा भन्दै सम्पन्न भयो । यसपटकको प्रतियोगिता सातौको भन्दा फरक रहेन । सातौंमा जस्तै पुर्वाधार नै मुख्य चुनौती बने । चाहे त्यो उद्घाटन रंगशाला होस या अन्य पुर्वाधार ।

हतारमा गरिरहेको यस प्रतियोगिताका कारण खेल अवधीभर खेलाडी र अफिसियलहरुलाई चर्को गर्मी र अव्यवस्थापनमा निकै चुनौतीको सामना गरे । त्यसैले पनि उनीहरु यो भन्दा त बरु पछि नै गरेको भए हुने भन्नेसम्म पुगेका थिए । झण्डै एक अर्बको लगानीमा संचालन भएको प्रतियोगिताकोे फितलो तयारीले धेरैलाई निराश बनाए । नेपालगंजको पौडी पोखरी समयमा निर्माण न हुदा होटलको पौडी पोखरीमा प्रतियोगिता गराउनुपर्ने बाध्यता, ठूलो धनराशी खर्चगरेर निर्माणगरिएको नेपागंज रंगशालाको दुबो सेट न हुदाहुदै आलोचना बाट बच्न फाइनल खेल गराउनुपरेको अवस्था पनि आयोजकको कमजोरी झल्किन्छ । यस्तै सुटीङ रेञ्जको कामको ढीलाइले प्रतियोगिता एक दिन पछी संचालन हुनुले पनि आयोजक र नेत्रित्को गैरजिम्मेवारीको पाराकाष्ठा हो ।

यस्तै ठूला लगानीमा बनेका कतिपय पूर्वाधर प्रतियोगिता पछि संरक्षणको पनि ठूलो चुनौती रहेको खेलकुदका जानकारहरु बताउछन् । आयोजना स्थलमा प्रहरीले शान्ती सुरक्षा प्रदानगरे पनि स्वयंसेवकको अभाव खड्कीयो । प्रतियोगिता त सम्पन्न भयो तर स्थानियले समेत अपनत्वको आभाषगर्न पाएन । प्रतियोगिता सफल्तापूर्वक सम्पन्न भए पनि त्रुटि र कमिकमजोरी भएको स्वयं नेपालगंज खेलकुद विकास समितीको अध्यक्ष भिम ओली स्विकार गर्छन ।

राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज र दाङको गर्मीलाई छिचाल्न विहान र साँझ खेलहरु गर्ने तय गरेको थियो । तर त्यो उपाए पनि खासै काम लागेन । जे होस प्रतियोगिताले आफ्ना एक संस्करण पुरा गरेको छ । यो प्रतियोगिता सदस्यसचिव केशवकुमार विष्टका लागि भने सफल नै हर्यो । एउटै कार्यकालमा दुई वटा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने पहिलो सदस्य सचिव बने उनी ।

आठौंका बहानामा प्रदेश ५ मा अहिलेसम्म कै धेरै पुर्वाधार भने बने । यो यस प्रतियोगिताको सबै भन्दा सुखद पक्ष हो । ढेड अर्ब रुपैयाँको खेल पुर्वाधार प्रदेश ५ ले पाएको छ । यसलाई संरक्षण गर्न प्रदेश सफल हाला या नहोला त्यो आगामी दिनमा देखिनेनै छन ।

नेपालगञ्जको महेन्द्र रंगशाला करिब ३६ करोड रुपैयाँमा निर्माण भइरहेको छ । प्रतियोगिता भन्दा अघि नै निर्माण कार्य सकिने भनिएपनि अझै कामहरु चालु छ । यता रंगशाला नजिकै रहेको पौडी पोखरीको लागत १९ करोड ७६ लाख हो जुन अझै निर्र्माणाधिन अवस्थामा छ जसको निर्माण कार्य तीन दिनमा सक्ने परिषदको दाबी छ ।

रंगशालाको छेउमा रहेको कर्भडहल ६० लाखमा मर्मत गरिएको हो भने सुटिङ एकेडेमी र अन्य खेल मैदान २ करोड ८६ लाखमा बनाइएको हो । यता नेपालगञ्जको शुक्र भलिबल स्टेडियम एक करोड लागतको हो ।

यस्तै प्रदेश पाँच अन्तर्गत कोहलपुर मैदान, लमही क्रिकेट रंगशाला , बर्दियाको खो खो हल लगाएतका विभिन्न पुर्वाधार राष्टिय खेलकुद के लागी बनाइएको हो । प्रतियोगिता जसोतसो सञ्चालन भएपनि यस अन्तगर्त बनाइएको पुवार्धारमा साँच्चीकै बृहत रूपमा खर्च गरिएको छ, जसको सरंक्षणको जिम्मा प्रदेश पाँचले नै पाउनेछ ।

२१ वर्ष अघि यही ठाउँमा चौथो राष्टिय खेलकुद सञ्चालन भयो । जसको पुर्वाधार संरक्षण नहुँदा आँठौ राष्टिय खेलकुद आयोजना गर्न नै पटक पटक मिती सार्नू परेको थियो । आँठौका लागि करोडोैँ खर्चिएर निर्माण गरिएका पुर्वाधार संरक्षण गर्न प्रदेश पाँच सफल होला त, भन्ने प्रश्न निकै ठुलो छ ।

यसभन्दा अघि गराइएका सातै प्रतियोगिताका बनाइएका पुर्वाधारहरु अहिले जीर्ण अवस्थामा पुगिसकेका छन् । जस्तो दुःख वा चुनौती आएपनि अन्तिममा प्रतियोगिता सकिएको छ र अब करीव डेढ बर्षपछि फेरी गण्डकी प्रदेशमा नवौं सस्करणको आयोजना गर्दा यो भन्दा राम्रो होला भन्ने अपेक्षामा खेलाडीमात्र होइन खेल सुभचिन्तक पनि रहेका छन ।

Post Add 1025X115
Loading...