आठौंकाे पाैडीमा अन्तिम दिन ५ वटा राष्ट्रिय कीर्तिमान, गाैरीकाकाे कुल १२ स्वर्ण

0

ओलम्पियन गौरीका सिंहले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन थप चार स्वर्ण हात पारिन ।

उनले पहिलो दिन दुई दोस्रो दिनपनि दुई स्वर्ण जितेकी थिइन । त्यसपछि तेस्रो दिन गौरीकाको नाममा चार स्वर्ण रह्यो । अन्तिम दिन गौरीकाले चार स्वर्ण हात पारिन । जसमा उनले तीन वटा राष्ट्रिय किर्तीमान बनाइन ।

गौरीकाले महिला दुई सय मिटर ब्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशलमव ५१ सेकेण्डको समयलाई सुधार गर्दै दुई मिनेट ३२ सेकेण्डमा पुरा गरिन ।

यस्तै महिला ५० मिटर फ्रिस्टाइलमा उनले यसअघि बनाएको २७ दशमलव ८१ सेकेण्डको रेर्कडलाई सुधार गर्दै २७ दशमलव ५९ सेकेण्डमा पुरा गरिन ।

दक्षिण एशियाली खेलकुदकी पदकधारी गौरीकाले महिला एक सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तीमान बनाइन । उनले आफ्नै नाममा रहेको एक मिनेट नौ दशमलव ३० सेकेण्डको रेकर्डलाई हिट चरणमा एक मिनेट आठ दशलमव ६२ ले ब्रेक गरिन । तर फाइनल चरणमा सो समयमा पनि सुधार गर्दै एक मिनेट सात दशमलव २२ सेकेण्डमा पुरा गरिन ।

गौरीकाले महिला चार गुणा एक सय मिटर रिलेमा पनि स्वर्ण हात पारिन । गाैरिकाले ५ अाैं राष्ट्रिय खेलकुदमा करिष्मा श्रेष्ठले बनाएकाे १२ स्वर्णकाे रेकर्ड बराबरी गरिन ।

पुरुष तर्फ पनि पौडीको अन्तिम दिन दुई वटा राष्ट्रिय कीर्तिमान बने । जसमा पुरुष ५० फ्रिस्टाइलमा एलेक्स शाहले शिरिष गुरुङको नाममा भएको २५ दशमलव ८० को समयलाई हिट चरणमा २५ दशमलव ०९ सेकेण्डको समय निकाल्दै ब्रेक गरे । तर सो समयलाई उनले फाइनल राउण्डमा सुधार गर्दै २५ दशमलव शुन्य ६ सेकेण्डको नयाँ समय निकाले ।

पुरुष एक सय मिटर ब्याक स्ट्रोकमा पनि एनआरएनएका नाथन दोर्जे शेर्पाले प्रशान्तराज जोशीको नाममा रहेको रेर्कड आफ्नो नाममा सारे । उनले एक मिनेट ११ दशमलव ५३ सेकेण्डको समयलाई ब्रेक गर्दै हिट चरणमा एक मिनेट सात दशमलव ६ सेकेण्डको नयाँ टाइमिङ निकाले । तर फाइनल राउण्डमा उनले एक मिनेट चार दशलमव ६ सेकेण्डको समय निकाल्दै नयाँ रेर्कड बनाए ।

Post Add 1025X115
Loading...