सुर्य नेपाल एनपीजीए टुरकाे दाेस्राे चरणमा टंककाे अग्रता

0
सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो चरण सकिँदा अमेचोर गल्फर टंक बहादुर कार्कीले अग्रता लिएका छन् ।
पहिलो चरणमा एक ओभर ७२ स्कोर गर्दै लिडरबोर्डको आठौं स्थानमा रहेका टंकले दोस्रो चरणमा पाँच अण्डर पार ६७ को उत्कृष्ट खेल खेले । आर अण्डर पार १४० को कार्ड बनाउँदै टंकले निकटतम प्रतिद्वन्द्वीविरुद्ध तीन स्ट्रोकको अग्रता लिएका हुन् । प्रोफेस्नल गल्फर भुवन नगरकोटी एक अण्डर पार १४३ सहित दोस्रो स्थानमा छन् ।
पहिलो चरणमा एक ओभर ७३ को कार्ड बनाएका भुवनले पनि आज राम्रो खेले । उनले दोस्रो चरणमा २ अण्डर ७० स्कोर गरे । इभन पार १४४ को कार्ड बनाउँदै दिपक आचार्य र दिनेश सिजापति संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको आठौं प्रतियोगिताको विजेताले एक लाख २० हजार जित्नेछ भने उपविजेताले ७७ हजार हात पार्नेछ । तेस्रो हुने खेलाडीले ५५ हजार हात पार्दा शीर्ष २१ सम्मका खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
Post Add 1025X115
Loading...