भारत्ताेलनकाे भार र काखमा बच्चा (भिडियाे)

0

खेलकुदमा लागेपछि राष्ट्रिय स्तरमा पदक जित्न र अन्तराष्ट्रिय स्तरमा देशलाई प्रतिनिधित्व गर्ने चाहना कसको हुँदैन र, यसका लागि खेलाडीले कति दुःख र हन्टर खानुपर्छ त्यसका धेरै उदाहरणहरु हामीले खेलकुदमा देखेका र सुनेका छौ । खेल्दै गर्दा कसैले पिता गुमाएको, कसैको परिवारमा समस्या आएको, खेलाडी घाइते भएको यस्तै यस्तै धेरे समस्या हामीले खेलाडीको जीवनमा देखेका छौ । तर ती सबै समस्यालाई पनि पछाडी छोडेर आफ्नो दृढतामा अगाडी बढेका खेलाडीपनि धेरै छन । यस्तैमा आठौं राष्ट्रिय खेलकुदमा देखिएकी एक खेलाडी हुन सोनम चौधरी ।

 

हसिलो अनुहार, प्रष्ट बोल्ने र बोल्न लजाउने स्वभावकी कैलाली घर भएकी सोनमको उमेर जम्मा २२ बर्षभयो । यो उमेरमा धेरै महिला कलेज बढ्ने, आफ्नो भविष्यका बारेमा सोच्ने गरेका हुन्छन । तर सोनम तिनीहरु भन्दा फरक मात्र होइन, उनको परिस्थिती नै फरक छ ।

सोनम खेलकुदमा लागेको उनी ६ बर्षभइसक्यो । उनले रोजेको खेल हो भारत्तोलन । यसैपनि धेरै भार उचालेर पदक जित्नुपर्ने यो खेलमा सोनमको उमेर सुन्दा राम्रो संभावना भएकी खेलाडी मान्न सकिन्छ ।

कलिलो उमेरमा नै बैवाहिक बन्धनमा बाधिएकी सोनमको कथा र भारतीय महिला बक्सर मेरी कमको केहि रुपमा समानता छ । कारण मेरी कोम बच्चाको आमा भएर पनि अन्तराष्ट्रिय स्तरमा एकपछि अर्को पदक जितिरहेकी छिन ।

यता सोनमपनि आठौं राष्ट्रिय खेलकुद प्रतिस्पर्धा गर्दा १८ महिनाको बच्चा साथमा लिएर आएकी छिन । १६ बर्षको उमेरमा नै परिवारको हौसलाका कारण राष्ट्रिय प्रतियोगिता खेलेकी उनले घरेलु मैदानमा भएको छैटौं राष्ट्रिय खेलकुदमा काश्य पदक जितेकी थिइन ।

सो बेला उनी राम्रो खेलाडी बन्न सक्ने धेरैले आंकलन गरेका थिए । तर त्यसपछि दुई वटा बृहत राष्ट्रिय खेलकुद हुँदा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ । उनी बैवाहिक बन्दनमा बाधिनुका साथै एक बच्चाकी आमा पनि बनेकी छिन ।

पहिलो पटक बृहत राष्ट्रिय खेलकुदमा काश्य जितेपछि हौसीएकी सोनमको त्यसपछि परिवारको दबावले कलिलो उमेरमा नै विहे भयो र विराटनगरमा सातौं राष्ट्रिय प्रतियोगिता हुदा उनको कोखमा बच्चा थियो । जसका कारण उनी खेल्न सकिनन् । आफ्ना संगैका साथीहरुले सातौं खेलिरहदा उनी बच्चाको विषयमा सोचिरहेकी थिइन ।

सातौंमा कसले के जित्यो भनेर समाचार हेरेर चित्त बुझाएकी सोनमले बच्चा ६ महिनाको भएपछि फेरी भारत्तोलनमा फर्किइन । सामान्यतया बच्चाको आमा भइसकेपछि शारिरीक रुपमा कुनैपनि महिला पहिलेको जस्तो बलियो र फिट हुदैन, तर पनि सोनमले एक बर्ष निकै मेहेनत गरिन । सुरुवातमा थोरै थोरै तोल उचाल्दै आफुलाई फर्ममा ल्याएकी सोनमले खेल, परिवार र बच्चालाई एकै साथ अगाडी लगिन । दिनमा एकपटक प्रशिक्षण गर्ने, प्रशिक्षण जाँदापनि बच्चालाई संगै लाने गरेर सोनमले आफुलाई फिट राखिन ।

आठौंका लागि उनले तयारी गरेपनि प्रयाप्त भने भएन । छैटौंका काश्य पदक विजेता सोनमले आठौंमा पदक विहिन बनिन् । तर उनले खेलमा कमब्याक गर्नुनै ठुलो कुरा हो ।

सोनम भन्छिन– परिवार, श्रीमान र सबैको साथ भएर म फेरी खेलमा फर्किएकी हु, मैले परिवारलाई खेल्दिन भन्दापनि श्रीमानले हौसला दिनुभयो र म फेरी खेलमा फर्किएकी हु ।

नेपालगञ्जमा होटेलमा बस्दापनि खेलका साथै आफ्नो बच्चाको ख्याल गर्नुपर्ने सोनमले स्टेजमा तौल उठाइरहदा उनको बच्चा हेरिरहेको थियो ।
बच्चाको आमा भएपछि कमजोर भइन्छ, तर मानसिक रुपमा बलियो भएकाले नै सोमनले दुधे बालकसँगै बृहत खेलकुदमा प्रतिस्पर्धा गर्न सफल भइन ।

अहिलेपनि जहाँ गएपनि बच्चालाई सँगै लानुपर्ने उनको बाध्यता छ । आठौंमा आउदापनि बच्चालाई समयमा खुवाउने, देखि जहाँ गएपनि संगै लगिरहेकी हामी देख्यौ । ६१ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी सोनमको आँट र साहसले उनका साथीहरुपनि प्रभावित भएका छन । यतिमात्र होइन उनका प्रशिक्षणपनि उनको दृढताको तारिफ नै गर्छन । त्यसले पनि सोनम थप उत्साहित भएकी छिन ।

उनी भन्छिन, निकै मेहेनतले आठौंमा प्रतिस्पर्धा गरेको हु, अब यो मेहेनतलाई कायमै राखेर आगामी दिनमा झन राम्रो गर्नेछु । सोमनजस्ता अरु पनि खेलाडी होलान, जसलाई यस्तो प्रोत्साहानको ठुलो आवश्यकता छ, तिनीहरुका लागि उनी उदाहरण बनेकी छिन ।

Post Add 1025X115
Loading...