आठौं राष्ट्रिय खेलकुदः पाैडीमा गाैरीका सिंहकाे नाममा ४ स्वर्ण

0

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रि पौडी प्रतियोगिताको दोस्रो दिन सोमबार पनि ओलम्पियन गौरिका सिंहले राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण थपेकी छन् । आइतबार ८ सय मिटर फ्रिस्टाइल र ५० मिटर स्ट्रोकमा स्वर्ण जितेकी गौरिकाले सोमबार ४ सय मिटर फ्रिस्टाइल र १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितिन् ।

त्रिभुवन आर्मी क्लबकी गौरिकाले निर्धारित दूरी चार मिनेट ४४.८१ सेकेण्डमा पुरा गरेकी हुन् । आर्मीकी दुवाना लामा दोस्रो भइन् भने टिसा साक्य तेस्र्रो भइन् । महिलाको ४ सय मिटरमा २५ मिटरको शर्ट कोर्षमा पहिलोपल्ट प्रतिस्पर्धा भएको थियो । गौरिकाले नयॉ कीर्तिमान बनाएकी हुन् ।

गौरिकाले १०० मिटर फ्रिस्टाइलमा पनि सहज स्वर्ण जितिन् । निर्धारित दूरी ५९.६० सेकेण्डमा पूरा गरी आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरिन् । यस स्पर्धामा गौरिकाले गत वर्षको राष्ट्रिय प्रतियोगितामा ५९.९१ सेकेण्डको टाइमिङ निकालेकी थिइन् । यस स्पर्धामा आर्मीकै सोफिया साहले १ मिनेट २.५९ सेकेण्डमा दूरी पूरा गरी रजत र १ मिनेट ३.५६ सेकेण्डमा दूरी पूरा गरेकी एपीएफकी टिसा शाक्यले कास्य जितिन् ।

महिलाको यी दुई स्पर्धासहित सोमबार ८ स्पर्धाको छिनोफानो भयो । जस अन्तर्गत पुरुष ५० मिटर बटरफ्लाईतर्फ नेपाल पुलिसका सायेद हेम्जा शाहले २७ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाए । उनले गत वर्षको राष्ट्रिय पौडीमा अनुभव सुब्बाले कायम गरेको २७.७१ सेकेण्डको कीर्तिमान तोडेका हुन् । यस स्पर्धामा आर्मीका अनुभव सुब्बाले २७.२२ को टाइमिङसहित रजत र एपीएफका तेन्जिङ गुरुङले २९.६२ सेकेण्डको टाइमिका साथ कास्य जिते ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले ५५.६३ सेकेण्डमा दूरी पूरा गरी स्वर्ण जिते । उनले शिरिष गुरुङले गत वर्ष बनाएको ५७.०३ सेकेण्डको कीर्तिमान तोडेका हुन् । यस स्पर्धामा पुलिसका सायेद हम्जा साह (५५.९४ सेकेण्ड) र आर्मीकै अनुभव सुब्बा (५७.३० सेकेण्ड)मा दूरी पूरा गरी क्रमसः रजत र काश्य जिते ।

महिला २ सय मिटर फ्रिस्टाइलमा आर्मीकी डुवाना लामाले २ मिनेट ५५.०९ सकेण्डमा दूरी पुूरा गर्दै स्वर्ण जितीन् भने सोही विधामा आर्मीकी उपस्थिती मर्हजनले ३ मिनेट ०.५३ सेकेण्ड र पुलिसकी एदिप्सा बैद्यले ३ मिनेट ३.६२ सेकेण्डमा दूरी पूरा गरी क्रमसः रजत र काश्य जिते । महिलाको ५० मिटर बटरफ्लाईमा आर्मीकी सोफिया साहले ३३.५० सेकेण्डको टाइमिङका साथ स्वर्ण जितिन् । यस स्पर्धामा पुलिसकी अनुशिया तुलाधर र एपीएफकी श्रीबी महर्जनले क्रमसः रजत र कास्य जिते ।

पुरुष तर्फको चार मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथन दोर्जे शेर्पाले ४ मिनेट ३३.९ सेकेण्डमा दूरी पार गरी स्वर्ण जिते । पुरुष २ सय मिटर ब्रेष्टस्ट्रोकमा एपीएफका शुभम श्रेष्ठले स्वर्ण जिते । उनले निर्धारित दूरी २ मिनेट ३१.४४ सेकेण्डमा पूरा गरे । पुलिसका दिपांकर अवालेले रजत र प्रदेश १ का बिकास कुमालले कास्य जिते

Post Add 1025X115
Loading...