भद्रगोलका विच, सफलताको ‘ट्याग’ झुड्याउने प्रयास

0

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उचित प्रचारप्रसार र राम्रो समन्वयको अभावमा हरेक दिन प्राय सबै खेलले दर्शक पाउन सकेन । छिटपुट एक दुई खेलबाहेक सबै खेलमा दर्शक प्राय शुन्य नै थिए । फुटबल, क्रिकेट र करातेमा छिटपुट दर्शक मैदानमा पुगेका थिए ।

जसका कारण खेलाडी खल्लो मान्दै खेलिरहे । तर भलिबलमा भने अरु खेलको तुलनामा ठिक उल्टो देखियो । बर्दियामा भइरहेको प्रतियोगितामा दर्शकको ओइरो यस्तो लाग्यो की ब्यवस्थापकलाई धान्न हम्मे हम्मे मात्र परेन खेलाडीले समेत निकै सास्ती खेप्नु पर्यो ।

आठौं राष्ट्रिय खेलकुद सुरु हुन अगाडी प्रतियोगिता दाङ वा नेपालगञ्ज मध्ये एक स्थानमा हुने भनेर तय गरिएको थियो । तर अन्तिममा बर्दियामा सारिएको भलिबल हेर्न हरेक खेलमा दर्शकको निकै बाक्लो उपस्थिती रह्यो । खुल्ला स्थानमा महिला र पुरुष दुबैको प्रतियोगिता गर्दा खेलहरु पनि एकपछि अर्को गरि रोमाञ्चक बने जसले गर्दा दर्शकपनि जति जति खेलहरु अगाडी बढे त्यति नै बढ्दै गए ।

सातो ठाँउ त्यसमा पनि समर्थक बस्नका लागि उचित स्थान नहुँदा कोर्टको वरिपरी नै समर्थक झुम्मिएका हुन्थे, जसले गर्दा कुनै सट उठाउन कोर्टका छेउछाउँ जाँन निकै कठिन हुने गरेको छ । यतिमात्र होइन, पुरुष र महिला खेल्ने कोर्ट निकै नजिक हुँदा एउटा टिमले हानेको बल अर्कोको कोर्टमा जाने हुँदा खेल समय समयमा विथोलिने पनि गरेको छ ।

यतिमात्र कहाँ होर, खुल्ला ठाँउ र नकिै नजिक कोर्ट हुँदा सबै भन्दा धेरै तनाव खेलाडीलाई नै छ, किनकी एउटा खेलको रेफ्रिले खेलमा फल गरे, कुनै कारण सिठ्ठी बचाए, अर्को टिमका खेलाडी खेल्न रोक्छन, कारण उनी आफ्नो खेलका लागि रेफ्रले सिठ्ठी बजायो भनेर ।

नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका इमरानामगरले ब्यवस्थापनको कमजोरीलाई ठाँडो रुपमा आलोचना गरे । उनले भने, सानो ठाँउमा खेल खेलाइएको छ, ब्यवस्थिती पनि छैन, महिला र पुरुषको खेल फरक ठाँउ वा समय फरक पारेको भए हुने, एकै ठाँउमा भद्रगोल गरेर खेलाइएको छ, यसले खेलाडीलाई ठुलो तनाव मात्र भएको छैन, आफुले सोचेको जस्तो प्रदर्शन पनि गर्न पाएका छैनन् ।

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलमा जहिलेपनि दर्शकको बाक्लो उपस्थिती रहने गरेको छ, चाहे त्यो कुनै गाँउमा खेलाउदा होस या काठमाडौंमा वा अन्य ठाँउमा । भलिबलको क्रेजलाई मध्यनजर गरेर आयोजकले पनि यसको आयोजनाको लागि उचित ब्यवस्थापन गर्नुपर्ने हो तर कसरी हुन्छ, प्रतियोगिता सकेर सफल सम्पन्न भयो भन्ने ट्याक झुड्याउन मात्र आतुर देखिन्छन । यस्तो किसिमले कसरी खेलाडीको विकाश हुन्छ र कसरी खेलको विकाश हुन्छ ।

Post Add 1025X115
Loading...