म्याराथनमा कृष्ण र राजपुरा च्याम्पियन

0

आठौँ राष्ट्रिय खेलकुद अन्तरगतको म्याराथनको उपाधी त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले हात पारेका छन् ।

दाङमा आज भएको पुरुषतर्फको म्याराथनमा आर्मीका कृष्णले दुई घण्टा १७ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका हुन् । दुई घण्टा १८ मिनेट ३९ सेकेन्डमा दौड पुरा गरेका प्रदेश ६ का दुर्गा बुढाले रजत हात पारे । एपिएफका किरण सिंह बोगरीले काश्य जित्दा दुई घण्टा २२ मिनेट दश सेकेन्ड लगाए ।

त्यस्तै महिला तर्फको म्याराथनमा स्वर्ण जितेकी पुलिसकी राजमुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा रेस पुरा गरिन् । रजतमा एपिएफकी पुष्पा भण्डारी र काश्य आर्मीकी सरिता बासीले जितिन् । बेलझुण्डी खेलमैदानबाट शुरु भएको म्याराथन बिजौरी, तुल्सीपुर बजार हुँदै डाँडाचिस, श्रीगाँउ, पुन त्यहीँ रुटबाट बेलझुण्डीको मैदानमा आएर तुङ्गिएको थियो । पुरुषतर्फ १५ जना तथा ६ जना महिला धावकले म्याराथनमा सहभागी जनाएका थिए ।

त्यस्तै आजै भएको पुरुषतफर्को चार सय मिटर रिलेमा आर्मीले स्वर्ण, एपिएफ रजत र नेपाल पुलिसले काश्य पदक जिते । महिलातर्फको चार सय मिटरको रिले पनि आमीलेनै जित्दा प्रदेश पाँच रजत तथा एपिएफ काश्यमा सिमित रहो । पुरुष आठ सय मिटर दौड आर्मीका उमेश मस्र्याङ्दी मगरले हात पारे । उनले एक मिनेट ५७ दशमलव ६ सेकेन्डमा दुरी पार गरे । आर्मीकै टंक कार्कीले रजत जित्दा प्रदेश तीनका सुवास थापाले काश्य पदक जिते । महिलातर्फको आठ सय मिटर आर्मीकी सरस्वती भट्टराईले जितिन् । उनले स्वर्ण जित्न दुई मिनेट १६ सेकेन्डमा दुरी पुरा गर्नुपर्यो । रजत आर्मीकै सानुमाया कार्की तथा काश्य एपिएफकी फुलमती रानाले जित्न सफल भए ।

पुरुषतर्फको चार सय मिटर हडल्र्स तर्फका सबै उपाधी आर्मीले जितेको छ । निर प्रताप महतोले स्वर्ण, जीवन चौधरीले रजत तथा अशोक कुवरले काश्य जिते । महिलातर्फको चार सय मिटर हडल्र्समा आर्मीकी तुलसा श्रेष्ठले स्वर्ण आर्मीकै तुलसा खत्रीले रजत तथा प्रदेश चारकी कल्पना श्रेष्ठले काश्य जितिन् । एथ्लेटिक्सको टिप च्याम्पियन त्रिभुवन आर्मी क्लव बनेको छ । आर्मीले २१ स्वर्ण, ११ रजत र ८ काश्य पदक जित्न सफल भयो । दोस्रो बनेको पुलिसले नौ स्वर्ण, पाँच रजत तथा चार काश्य जित्यो । एपिएफले सात स्वर्ण ६ रजत नौ काश्य जित्दै तेस्रो स्थान पक्का ग¥यो ।

Post Add 1025X115
Loading...