आठौंकाे म्याराथनमा खाली खुट्टै दाैडीए अमरेन्द्र…

0

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत छोटो दुरीमा विभिन्न बाध्यताले खालि खुट्टा दौडीएको हामीले धेरै सुनेका र देखेका थियौ । तर दाङमा भइरहेको एथ्लेटिक्सको म्याराथनमा प्रदेश दुईका अमरेन्द्रकुमार यादव खाली खुट्टा नै दौडीएका छन ।

४२ किलोमिटरको दुरी खाली खुट्टा नै दौडीने आँट गरेका अमरेन्द्रले सुरुवातमा म्याराथनमा बलिया प्रतिद्धन्द्धीलाई टक्कर दिएपनि पछि भने पछाडी परेका थिए ।

४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु भएकाे फुल म्याराथन हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघर्रे, डाडाँ चिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड पछि समापन हुनेछ ।

Post Add 1025X115
Loading...