पौडीमा गौरीकालाई २ स्वर्ण

0

नेपालगञ्ज, ८ वैशाख । राष्टिय खेलकुद अन्तगर्त पौडी प्रतियोगिताम गौरिका सिंहले दुई स्वर्ण जितेकी छन् ।

उनले आर्मीका लागि महिला तर्फ ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितीन् भने पचास मिटर ब्याकस्टोकमा किर्तीमान सहित स्वर्ण जितीन् ।
नेपालगञ्जमा सुरु भएको प्रतियोगिताको महिला ८ सय मिटर फ्रिस्टाइल तर्फ गौरिकाले स्वर्ण जित्दा , आर्मीकी उपस्थिती मर्हजनले रजत र समीरा सोभा थापाले कास्यमा चित्त बुझाइन् ।

महिला तर्फ को पचास मिटर ब्याक स्टोकमा गौरिकाले ३० दशमलब ८५ सेकेण्डमा निर्धारित दुरी पार गर्दैै स्वर्ण जित्दा नेपाल पुलिसकी अनुष्का पोख्रेलले रजत र युष्का मर्हजनले कास्य पदक हात पारे । यता सय मिटर ब्रेष्टस्टोकमा दुवाना लामाले स्वर्ण जितीन् ।

यता पुरुष तर्फको पुरुष तर्फको १०० मिटर ब्रेष्टस्टोकमा एपीएफका सुभम श्रेष्ठ एक मिेनट आठ दशमलब १५ सेकेण्डमा दुरी पुरा गर्दै किर्तीमान सहित स्वर्ण जिते । उनले आफ्नै एक मिनेट आठ दशमलब ९४ सेकेण्डको किर्तीमान भंग गरेका हुन् ।

सोही विधामा नेपाल पुलिसकी साहिद हाम्जा शाह दोस्रो भइन् भने दिवंकर अवाले तेस्रो भए । यता आठ सय मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथान दोर्जे शेर्पाले स्वर्ण जिते भने पचास मिटर एपीएफका तेन्जीङ गुरङले स्वर्ण जिते ।

Post Add 1025X115
Loading...