भोलि हुने म्याराथनको रुट तय

0

दाङ, ८ वैशाख ।  आठौं राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स अन्र्तगतको फुल र हाफ म्याराथन सोमबार हुने भएको छ ।

त्यसकालागि रुट पनि तय गरिएको छ । ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ ।
विहानै शुरुहुने हुने फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघर्रे, डाडाँ चिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड पछि समापन हुने जनाइएको छ ।

Post Add 1025X115
Loading...