आठौंकाे पाैडीमा गाैरीकाकाे २ वटा राष्ट्रिय कीर्तिमान

0

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा गाैरीका सिंह र शुभंम श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएका छन । गाैरीकाले २ विधामा राष्ट्रिय कीर्तिमान बनाइन । यस्तै सुंभमले एक सय मिटर ब्रेष्टस्टाेकमा कीर्तिमान बनाए ।

नेपालगन्जस्थित सिगनेट होटलमा भएकाे स्पर्धामा गाैरिका सिंहले दुइ सय मिटर ब्याकस्ट्रोकको हिट्समा ३१ दशमलव ३१ सेकेन्डको रेकर्ड सुधार गरिन । महिला आठ सय मिटर फ्रि स्टाइलमा आर्मीकी खेलाडी गौरिकाले नौ‌ मिनेट ३९ दशमलव २२ सेकेन्डमा दुरी तय गर्दै राष्ट्रिय कीर्तिमानका साथ पहिलो स्वर्ण जितिन् । सेनाकै उपास्ती महर्जनले रजत र प्रहरीकी समिरा शोभा थापाले कास्य प्राप्त गरे।

पुरुष एक सय मिटर ब्रेष्टस्ट्रोकको हिट्समा शुभमले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले स्वर्ण हात पारे ।

 

Post Add 1025X115
Loading...