बेन्चमा बसेर खेल हेर्दा नरमाइलाे लाग्दाे रहेछ- सन्दिप लामिछाने

0

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यस सिजन आफुले ७ देखि ८ खेल खेल्ने मौका पाएमा अर्को सिजन पुरै खेलमा टिममा पर्ने बताएका छन ।

गएराति पञ्जाव विरूद्द तीन विकेट लिएपछि पत्रकार सम्मेलनमा बाेल्दै सन्दिपले हरेक सिजनमा अाफुले धेरै खेल खेल्ने माैका पाएकाे बताउने भने- ‘गत सिजन तीन खेल खेलेको थिए र अहिले त्यो भन्दा धेरै खेल खेल्दै छु, यदि मैले याे सिजन ७ देखि ८ खेल खेल्ने मौका पाए अर्को सिजनमा कुनै खेल नगुमाउनेमा विश्वस्त छु ।’

जारी सिजनमा सुरूवाती चार खेल खेलेर ५ खेलमा बेन्चमा बसेका उनले पञ्जाव विरूद्द कमब्याक गरेका थिए । जसमा उनले अहिलेसम्म ८ विकेट लिइसकेका छन । पञ्जाव विरूद्द केएल राहुल, क्रिस गेल र कुरानकाे विकेट लिएका सन्दिपले अाइपीएलले निकै धेरै एक्पाेजर र माैका दिएकाे पनि बताए ।

उनेले भने – ‘गत सिजनको आईपीएल खेलेपछि जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन । धेरै विदेशी लिगमा खेल्ने माैका पाए र अाफ्नाे सतप्रतिशत दिएर राम्राे पनि गरे जस्ताे लाग्छ, अहिले पनि दिल्लीबाट राम्राे गरेकाे ठानेकाे छु ।’

साथै सन्दीपले बेञ्चमा बसेर खेल हेर्दा नरमाइलो लाग्ने बताए । ‘बेन्चमा बसेर खेल हेर्दै आफ्नो टिमलाई समर्थन गर्नु खुसीको कुरा हो तर, कहिलेकाही भने नरमाइलो लाग्दाे रहेछ । प्रशिक्षक मलाई कुन समयमा, कस्तो स्थितिमा खेलाउने राम्रो ज्ञान छ र सोहि अनुसार योजना बन्ने हुँदा प्लेइङ ११ मा परिवर्तन आइरहेको हुन्छ,’ सन्दीपले थपे, ‘तर यस्तो कुरामा म दुखी छैन् ।

 

Post Add 1025X115
Loading...