एपीएफका दीपेशले तोडे रत्नजीतको एक छत्र राज

0

सेनाका रत्नजित तामाङको एक छत्र राजलाई तोड्दै एपीएफका दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् ।
आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् ।

दाङकोे घोराहीस्थित कभर्डहलमा भएको उपाधि भिडन्तमा दीपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् ।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपीएफका दीपेश धामी संग पराजित भएका हुन् ।
२०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन ।

तर बेला बेला उनलाई दीपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए ।

यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए । दीपेशले यस अघि रत्नजित तामाङ्खलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

Post Add 1025X115
Loading...