के राेनाल्डाे युभेन्टसमा नबस्ने नै हुन् ?

0

च्याम्पिन्स लिगकाे क्वाटरफाइनलबाट युभेन्टस बाहिरीएपछि सबै भन्दा धेरै दबाव स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेमाथि परेकाे छ । ९९ मिलियन पाउण्डमा रियलबाट युभेन्टस गएका राेनाल्डाेले क्लवलाइ सेमिफाइनलमा पुर्याउन नसकेकाे भन्दै उनकाे अालाेचना पनि बढेकाे छ । यस्ताेमा अब इटालीयन मिडियाले पनि उनीमाथि दबाव दिन सुरू गरेका छन । यस्तैमा इटालीयन एक पत्रिकाले राेनाल्डाेले चाँडै क्लव छाेड्ने बताएका छन ।

इटालियन पत्रिका ला रिपब्लिकाले रोनाल्डो अर्को सिजन अगाडी नै क्लब छाेड्ने सक्ने बताएकाे छ । उनकाे सम्झाैता क्लवमा २०२२ सम्मका लागि रहेपनि उनले त्याे सम्झाैता अगाडी नै छाेड्ने साे पत्रिकाकाे दावी छ । युभेन्टसले पनि राेनाल्डाेलाइ च्याम्पियन्स लिगकाे उपाधि जित्ने लक्ष्यसहित क्लवमा अनुबन्ध गरेकाे बताउदै साे पत्रिकाले अब क्लवले उनकै लेभलकाे खेलाडी खाेज्ने तयारी गरेकाे समेत बताएकाे छ । साे पत्रिकाले राेनाल्डाे अाफैपनि क्लवमा बस्न इच्छुक नभएकाे बताएका छन ।

पाँच पटकका बलुन डी याेर अवार्ड विजेता राेनाल्डाेले रियलमा हुँदा च्याम्पियन्स लिगकाे उपाधि चार पटक जितेका थिए । याे सिजनमा पनि उनले युभेन्टसका लागि महत्वपुर्ण खेलमा गाेल गरेका थिए । तर अायाक्ससँग क्वाटरफाइनलमा ३-२ ले हारेपछि टिम बाहिरीएकाे थियाे ।

Post Add 1025X115
Loading...