अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा

0

पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रित युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् ।
नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी सिताले ३ नं. बरियताकी शोभालाई २१-१७, २१ – १५ ले पाखा लगाउन सफल भएकी हुन् । अव सिताले फाईनल प्रवेशका लागि नेपाल नं. १ सेनाकी नङ्खशल देवी तामाङ्खको सामना गर्ने छिन् । सेनाकी नङ्खशलले सेनाकै रञ्जना भट्टलाई २१-१८, २१ -१२ ले पन्छाईन् ।

यस्तै अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङ्खलाई २१ – १६, २१ – ९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जन संगको भेट पक्का गरिन् । जेशिकाले महिला टिम ईभेन्ट्सको प्रतिस्पर्धामा नेपाल नं. एक खेलाडी नङ्खशललाई पराजित गरेकी थिईन् । रशिलाले प्रदेश १ की सिमा राजबंशीलाई २१-१४, २१-११ ले पराजित गरिन् ।

पुरुष एकल तर्फ सेनाका नंम्बर एक खेलाडी रत्नजित तामाङ्ख आफ्नो उपाधी रक्षा तर्फ अग्रसर भएका छन् । उपाधीका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१ । १०, २१ । ११ ले पराजित गरे । अव रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसंग प्रतिस्पर्धा गर्ने छन् । प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकल तर्फ रत्नलाई पराजित गरेका थिए ।

प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१०, २१-१० ले पन्छाउँदै रत्नसंगको भेट पक्का गरेका हुन् । यस्तै गरि पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१-१५, १५ -२१, २१- १६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । अव फाईनल प्रवेशका लागि बिकासले सुदूरपश्चिमका दीपेश धामी संग प्रतिस्पर्धा गर्ने भएका छन् । दीपेशले पुलिसका दीपक बोहरालाई २१ -१७, २१ -१५ ले पन्छाउंदै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

दाङकाे घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगल तर्फ सेनाका नङ्खशल देवी तामाङ् र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् । तामाङ र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१- १०, २१-१० को सोझो सेटमा पराजित गरे । यस्तै गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे ।

यस्तै सेमिफाईनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २१ – ५, २१ -३ ले तथा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्खको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१-१२, २१- १२ ले पाखा लगाए ।

Post Add 1025X115
Loading...