रत्न, दीपेश र प्रिन्स क्वाटरफाइनलमा

0

सेनाका रत्नजित तामाङ्ख, एपिएफका दीपेश धामी र सुदूरपश्चिमका प्रिन्स दाहाल आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

अन्तिम आठ पुग्ने क्रममाम रत्नले रत्नले एपिएफका गौतम कठायतलाई २१-७, २१-९ ले पाखा लगाए । यस्तै दीपेशले सुदूरपश्चिमका देवराज शर्मालाई २१-१३, २१-१२ ले तथा प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई २१-२३, २१ -१०, २१ -१० ले पन्छाउदै अन्तिम आठ प्रवेश गरे । यस्तै सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जन पनि अन्तिम आठ प्रवेश गरे ।

नविनले एपिएफका विजित थापा मगरलाई २२ । २०, २१ । ८ ले तथा महर्जनले एपिएफकै साजन कृष्ण ताम्राकारलाई १३ । २१, २१ । १८, २१ । १२ ले पन्छाए । यसै गरि अन्तिम आठ प्रवेश गर्ने अन्यमा पुलिसका जीवन आचार्य र दीपक बोहरा तथा प्रदेश १ का बिकास श्रेष्ठ पनि रहे । जीवनले सेनका बिशाल खड्कालाई २१ । १०, २१ । १४, बोहराले सेनाका रुकेश महर्जनलाई १४ । २१, २१ । १७, २१ । १५ र बिकासले पुलिसका सुनिल जोशीलाई २१ । ११, २१ । ११ को समान अन्तरले पराजित गरे ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाका चार खेलाडी नङ्खशल देवी तामाङ्ख, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राईले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे । तामाङ्खले प्रदेश ५ की संझना शर्मालाई २१ । ६, २१ । १२, महर्जनले सेनाकै लोक्तमा राईलाई २१ । ६, २१ । ७ ले, भट्टले एपिएफकी सुनैना मुखियालाई २१ । १७, २१ । ११ ले र राईले सुदूरपश्चिमकी प्रशुना खत्रीलाई २१ । ३, २१ । ९ ले पाखा लगाए ।

यस्तै एपिएफकी जेशिका गुरुङ्ख र शोभा गौचन तथा प्रदेश १ का सिता राई र सिमा राजबंशीले पनि अन्तिम आठा यात्रा तय गरे । जेशिकाले कर्णाली प्रदेशकी अग्रीमा भण्डारीलाई २१ । १, २१ । १३ ले र शोभाले प्रदेश १ की निता लम्साललाई २१ । १९, २१ । ५ ले हराए । यस्तै प्रदेश १ की सिताले प्रदेश ३ की सफी खत्रीलाई २१ । ८, २१ । १३ले तथा सिमाले गण्डकीकी पुनम गुरुङ्खलाई २१ । १८, २१ । १५ ले पन्छाउन सफल भए ।

Post Add 1025X115
Loading...