आठौंकाे उद्घाटनकाे तयारी पुरा, अन्तिममा ओलम्पिक टर्च सुरेन्द्र हमालले बाेक्ने

0

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भोली हुँदैछ । नेपालगञ्जको महेन्द्र रंगशालामा हुने उद्घाटन समारोहको सम्पुर्ण तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

लामो समयको तयारी पछि आठौंको उद्घाटनका लागि रंगशालाको काम सकिएको परिषद्ले जनाएपनि अझै सम्पुर्ण काम भने भइसकेको छैन । मैदानमा केहि स्थानको प्याराफिटमा कुर्सी राख्न बाँकि रहेको छ भने मैदानको वरिपरीको ट्रयाकलाई छोप्न बाँकि रहेको छ । त्यो काम आज रातीसम्म सकिने परिषद्को भनाइ छ ।

राष्ट्रपति विध्या देवी भण्डारीले उद्घाटन गर्ने सो कार्यक्रम साँझ साढे ५ बजेबाट सुरु हुनेछ । जसका लागि राष्ट्रपति दिउसो दुई बजे काठमाडौंबाट नेपालगञ्जका लागि उड्नेछिन ।

विभिन्न नाचगानका साथै प्रदेश ५ को सस्कृती झल्कने गरि विभिन्न समुहले मैदानमा आफ्नो प्रस्तुती दिनेछन । जसका लागि करीव ५ सय स्वयंम सेवक तथा स्कुले विधार्थीहरुले तयारी पुरा गरेका छन ।

हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा भन्ने मुख्य नारा रहेको यो कार्यक्रमलाई भब्य बनाउने तयारी परिषद्को छ ।

चैत्र २५ गतेबाट सुरु भएका खेलहरुमा १४ वटा उद्घाटनसम्म सकिनेछन । जसमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ छन ।

उद्घाटन समारोहमा ओलम्पिक टर्च पनि नेपालगञ्ज आइपुग्नेछ । विराटनगरबाट सुरु भएको टर्च देशका विभिन्न ठाँउमा पुगेर नेपालगञ्ज पुग्नेछ । उद्घाटनमा ओलम्पिक टर्चलाई अन्तिममा पूर्व ओलम्पियन सुरेन्द्र हमालले बोक्नेछन ।

कुल ३५ खेलको सहभागिता रहेको उद्घाटन समारोहमा सबै प्रदेश र विभागिए टिमले मार्च पास गर्नेछन । यसपटकको राष्ट्रिय खेलमा कुल २८ सय २५ पुरुष र २३ सय ८६ महिला खेलाडीको सहभागिता रहेको छ । जसमा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदका रहेका छन ।

Post Add 1025X115
Loading...