ब्याटमिन्टनमा नयाँ प्रविधि, आठौंमा प्रयाेग हुँदा खेलाडी केहि अन्याेलमा

0

 

विश्व खेलकुद प्रविधिका हिसावले एकपछि अर्को रुपमा फड्का मार्दै गएको छ । नयाँ नयाँ प्रविधिहरु खेलहुदमा भित्रिन थालेका छन । तर ती प्रविधिहरु नेपाली खेलकुदमा कतिको प्रयोग भएको छैन भने कति प्रविधि भित्रिने क्रममा रहेका छन । तर अन्तराष्ट्रिय स्तरमा प्रयोग भएको लामो समयपछि मात्र नेपालमा भित्रिने ती प्रविधिहरु कसरी चलाउने भन्ने कतिलाई थाहा नै हुँदैन । नेपाल भित्रिएपनि ती प्रविधिको प्रयोगमा अन्योलता धेरै रहदै आएको छ ।

यस्तैमा अन्तराष्ट्रिय स्तरमा लन्च भएको चार महिनामा ब्याटमिन्टमा नयाँ प्रविधी नेपालमा भित्रिएको छ । त्यो हो फिक्स सर्भिस हाइट डिभाइस ।

के हो यो प्रविधि
यो यस्तो डिभाइस हो जसले खेलाडीको सर्भिस गर्ने तयारीलाई मापन गर्छ । एउटा निश्चित उचाईमा मात्र खेलाडीले सर्भिस गर्न पाउने र त्यो भन्दा तलमाथि भएमा गलत मानिन्छ । यसले एक मिटर १५ सेन्टिमिटरसम्मको फिक्स उचाई माथिबाट मात्र खेलाडीले सर्भिस गर्न पाउने मापन गर्छ । त्यो भन्दा तल भएमा त्यो सर्भिसलाई मान्यता दिइदैन ।

विश्व ब्याटमिन्टन फेडेरेसनले लामो समयको परिक्षणपछि यो प्रविधीलाई कार्यान्वयनमा ल्याएको हो । सुरुवाती चरणमा खेलाडीहरु निकै अन्योलमा नपरेका होइनन्, मुख्य कारण उनीहरुले गर्ने सर्भिस कतै फल त भएन भनेर रेफ्रिलाई हेर्ने गर्थे । तर गत बर्ष डब्लुबीएफले सर्भिस गर्ने नियमलाई कार्यान्वयनमा ल्यायो । जसमा एक मिटर १५ सेन्टिमिटर भन्दा माथिबाट सर्भिस गर्न नपाउने भन्ने नियम लागु भएको हो ।

जसमा खेलाडीको सटल सर्भीस गर्दा तोकिएको लाइन भन्दा तल हुनुपर्छ । इंग्ल्याण्डमा पहिलो पटक टेष्ट भएको यो नियम त्यसपछि विश्व जुनीयर च्याम्पियनसिपमा पनि लागु गरिएको छ ।

तर यो नियममा विश्व नम्वर एक खेलाडी भिक्टोर एलेक्सनले नै असन्तुष्टी जनाएका थिए । उनले खेल्दा ८० सेन्टिमिटर भन्दा तलबाट सर्भिस गरेको पाइएपछि उनलाई धेरैपटक फल दिइएको थियो । जसका कारण उनले आलोचना गरेका थिए । यतिमात्र होइन यो नियम आउनुभन्दा अगाडी प्राय सबै खेलाडी एक मिटर ७५ सेन्टिमिटरबाट सर्भिस गर्ने गर्थे ।

खेलाडीलाई कन्फ्युजन

यो प्रविधि जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोग गरिएको छ । तर प्रतियोगितामा सहभागि खेलाडी यो प्रविधीमा त्यति अभ्यस्त नभएका कारण निकै अन्योलमा भने देखिन्छन । त्यसमा पनि यो प्रविधि अग्ला खेलाडीकालागि निकै कठिन छ । उनीहरुले सर्भिस गर्नुपर्दा निहुरिएर गर्नुपर्ने अवस्था आउछ ।

यसअघि खेलाडीले फ्रिस्टाइलमा सर्भिस गर्ने गरेका थिए । तर यो प्रतिधि जडान गरेपछि उनीहरु निश्चित मापदण्डमा बाधिएका छन । जसका कारण उनीहरु केहि अन्योलमा पनि देखिएका हुन । शारिरीक रुपमा कम कदका खेलाडीका लागि भने यो प्रविधी केहि सहज छ ।

अन्तराष्ट्रिय ब्याटमिन्टनमा गत जनवरीमा मात्र लन्च भएको यो प्रविधि तीन साता अगाडी मात्र अन्तराष्ट्रिय ब्याटमिन्टन महासंघको सहयोगमा नेपाल भित्रिएको हो ।

Post Add 1025X115
Loading...