आठौं राष्ट्रिय ब्याडमिन्टनमा दिदिभाई दोश्रो चरणमा

0

नेपालका नम्बर एक खेलाडी दिदिभाई नङ्खशल देवी तामाङ्ख र रत्नजित तामाङ्ख महिला तथा पुरुष एकल तर्फ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१ । ११, २१ । ११ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएकी हुन् । यस्तै सेनाकै प्रतिनिधित्व गरेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई २१ । ११, २१ । ७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने ।

यस्तै महिला एकल तर्फ सेनाका रशिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि दोश्रो चरणमा स्थान बनाए । रशिलाले एपिएफकी अञ्जना राईलाई २१ । १२, २१ । ७ ले, अनुले प्रदेश १ की अरुण तामाङ्खलाई २१ । ११, २१ । ५ ले, रञ्जनाले सुदूरपश्चिमकी निलिमा महरालाई २१ । ६, २१ । ८ ले तथा लोक्तमाले प्रदेश ३ की मनिण खड्कालाई २१ । १४, २१ । १० ले पन्छाए । यसै गरि एपिएफका जेशिका गुरुङ्ख, शोभा गौचन र सुनैना मुखियाले पनि दोश्रो पहिलो चरण पार गरे । जेशिकाले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१ । १०, २१ । ९ ले, शोभाले सुदूरपश्चिमकी बिष्णा बिष्टलाई २१ । १४, २१ । १० तथा सुनैनाले प्रदेश १ की रोज पाण्डेलाई २१ । १०, १९ । २१, २१ । १६ले पाखा लगाए । यस्तै दोश्रो चरण प्रवेश गर्नेमा प्रदेश ५ की संझना शर्मा, प्रदेश १ की निता लम्साल, सिता राई, सिमा राजबंशी, प्रदेश ३ की सफी खत्री, गण्डकी प्रदेशकी पुनम गुरुङ्ख, कर्णाली प्रदेशकी अग्रीमा भण्डारी र सुदूरपश्चिमकी प्रसुना खत्री पनि दोश्रो चरण प्रवेश गर्ने खेलाडी बने ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका दिपेश धामी प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका गौतम कठायत, विजित थापामगर पनि रहे । गौतमले प्रदेश ५ का विश्वास नेपाललाई २१ । १२, २१ । १२ ले तथा विजितले एपिएफकै निरञ्न देवकोटालाई १५ । २१, २१ । १३, २१ । १२ ले पराजित गरे । टिम ईभेन्ट्समा रत्नजितलाई पराजित गरि सनसनी मचाएका अन्तराष्ट्रिय पदकधारी सुदूरपश्चिमका प्रिन्स दाहालले एपिएफका सुमन लिम्बुलाई २१ । १८, २१ । ७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यसैगरि पुरुष एकलमा सेनाका विशाल खड्का, प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका बिष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकाश श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्माले पनि पहिलो चरण पार गरे ।

एपिएफका दीपेश धामी र विजित थापामगरको जोडी पुरुष युगल तर्फ पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । धामी र मगरको जोडीले प्रदेश ३ का विश्वास नेपाल र गणेश रायमाझीलाई २१ । १८, २१ । १९ ले पराजित गरे ।

Post Add 1025X115
Loading...