दुई खेलमा सतककाे नजिक पुगेर चुकेकाे राेहित के भन्छन (भिडियाे अन्तर्वार्ता)

0

नेपाली यू–१९ क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफुमा कति क्षमता छ भनेर नेपालमा भएका राष्ट्रिय प्रतियोगितामा मात्र होइन राष्ट्रिय टिमबाट पनि देखाइसकेका छन ।

त्यसमा पनि मलेसियामा भइरहेको यू–१९ विश्वकपको एशिया छनोटमा कप्तानीको जिम्मेवारी सम्हालिरहेका रोहित ब्याटिङमा पनि निकै जिम्मेवारी पुर्ण रुपमा गरे । मलेसियाको भूमीमा दुई खेलमा सतकको नजिक पुगेर पनि चुकेका रोहितले ओमान विरुद्ध ७५ रनको कप्तानी पारी खेले ।

कप्तान भएपछि कतिपय खेलाडीको प्रदर्शन केहि कमजोर भएको होकी भन्ने भान हुन्छ, तर रोहितले जुन किसिमको खेल खेल त्यो हेर्दा उनी अन्डर प्रेसरमा पनि उत्कृष्ट खेल्न सक्छन भन्ने प्रमाणित गरेका छन ।

ओमान विरुद्ध नेपाललाई चाहिएको बेला भिम शार्कीसँग ९२ रनको साझेदारी गरेका रोहित सतक बनाउन २५ रन टाढा हुँदा आउट हुन पुगे । त्यसअघि पनि उनले सिंगापुर विरुद्ध ९५ रनको पारी खेलेका थिए । ओमान विरुद्धको खेल भन्दापनि सतकको नजिक पुगेका रोहित यदि दुबै पारीमा सतक बनाउन सकेको भए यू–१९ क्रिकेटमा करीव नौ बर्ष देखिको सतकको खडेरीलाई समाप्त पार्ने थिए ।

आखिर कता चुके त सतक बनाउन के भन्छन रोहित हेरौ यो अन्तरवार्ताः

Post Add 1025X115
Loading...