हावाले भर्याङ ढलेपछि जुडाेका रेफ्री ध्रुर्व श्रेष्ठ घाइते

0

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडोका रेफ्रि धुब्र श्रेष्ठ खेलाउदा खेलाउदै गम्भिर घाइते भएका छन ।

जुडो अन्तगर्त टिम इभेन्टस्को खेल खेलाइरहेका हावाले भर्याङ ढलेपछि उनलाई चोट लागेको हो । आठौंका लागि खेल भइरहेका अधिकांस स्थानमा पुर्वाधारहरु बनिरहेका छन । जसको असर धुब्रलाई पनि परेको हो ।

नेपालका लागि अन्तराष्ट्रिय रेफ्रि समेत रहेका धुब्रको हातमा र टाउकोमा चोट लागेको छ । जसका कारण उनलाई नेपालगञ्ज अस्पताल लगिएको थियो भने थप उपचारका लागि काठमाडौं लगिने भएको छ । जुडाेकाे टिम इभेन्ट्समा अार्मी पहिलाे र नेपाल पुलिस दाेस्राे बनेकाे छ ।

Post Add 1025X115
Loading...