ब्याटमिन्टनमा आर्मी र एपिएफलाई स्वर्ण

0

आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनमा पुरुष तर्फ त्रिभुवन आर्मी र महिला तर्फ एपिएफ क्लबले स्वर्ण जितेका छन् ।

दाङको घोराही गर्वड हलमा बिहिबार भएको टिम इभेन्टको फाइनलमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले एपिएफलाई ३ – २ को सेटमा हरायो । राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्खलाई एपिएफका दिपेश धामीले २१ – ११, २१ – १२ अंकका साथ सहज पराजित गर्दै खेललाई १ – ० को अग्रता दिलाए । एक गेमको अग्रता लिएको एपिएफका सुदीप सेढाईलाई सेनाका नविन श्रेष्ठले पराजित गर्दै खेल एक एक को बराबरीमा ल्याए । खेललाई आफ्नो पक्षमा पार्ने क्रममा एपिएफका गौतम कठायतले पुन सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै खेललाई २-१ मा पुर्याए । पुनः पुरुष एकलमा हार ब्यहोरेका रत्नले नविन श्रेष्ठ संग मिलेर टिम ईभेन्ट्सकै पुरुष जोडीमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडीलाई पराजित गर्दै खेललाई २ । २ को बराबरीमा ल्याए ।

अन्यमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेढाईको जोडीलाई पराजित गर्दै ३ । २ सेटका साथ सेनाका लागि स्वर्ण जोडे । पुलिस र सुदूर पश्चिम पुरुष टिम ईभेन्ट्स तर्फ संयुक्त रुपमा तेश्रो स्थानमा रहे । त्यस्तै महिला टिम अन्तरगत फाइनमा एपिएफले त्रिभुवन आर्मीलाई २ – १ को सेटमा पराजित ग¥यो । जित संगै एपिएफले स्वर्ण त्रिभुवन आर्मी कास्य पदक हातपारे भने सुदूरपश्चिम आर्मी संग र प्रदेश नम्बर एक एपिएफ संग पराजित हुँदा रजत पदकमा चित्त बुझाए ।

Post Add 1025X115
Loading...