बैंग्लोरले मुम्बईलाई एक सय ७२ रनको लक्ष्य

0

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई एक सय ७२ रनको लक्ष्य दिएको छ ।

मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन बनायो । उसका लागि एवी डिभिलियर्सले विस्फोटक ७५ रन बनायो । उनले ५१ बलमा ६ चौका र चार छक्काको मद्दतले ७५ रन बनाएका हुन ।

यस्तै मोयन अलीले ५० रन बनाए भने ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे । उसका चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

Post Add 1025X115

Loading...