एएफसी कपकाे दाेस्राे खेलका लागि मनाङ अहमदावाद पुग्याे

0

एएफसी कपको दोस्रो खेलका लागि नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लव अहमदावाद पुगेको छ । बुधबार चेन्नेइ एफसीसँगको खेलका लागि मनाङ अहमदावाद आज (सोमबार) भारतको अहमदावाद पुगेको हो ।

समुहको पहिलो खेलमा मनाङले घरेलु मैदानमा भारतको ढाका अबहानीसँग खेलेको थियो । जसमा नेपाल एक शुन्यले पराजित भएको थियो ।

इन्डियन सुपर लिग क्लव चेन्नेइन एफसीले पहिलो खेलमा मिनरभा पञ्जावसँग गोलरहित बराबरी खेलेको थियो । अहमदावादको द एरिना स्टेडियममा हुने खेल मनाङका लागि महत्वपुर्ण रहेको छ ।

जारी प्रतियोगिामा ढाका अबहानी तीन अंकका साथ शिर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ढाका अबहानी, र्मिनीभा पञ्जाव र चेन्नेइन एफसीसँगै मनाङ समुह इ मा रहेको छ ।

Post Add 1025X115

Loading...