पाँचथर गाेल्डकपकाे उपाधि माेरङले जित्याे

0

डिएफसी मोरङ पाँचथर गोल्डकपको उपाधी जित्न सफल भएको छ ।

युनाइटेड फुटवल क्लव दाजिलिलाई १ का विरुद्व ३ गोलले पराजित गर्दै यो टिमले पाँचथर गोल्डकपको उपाधी जितेको हो ।फिदिम माविको खेल मैदानमा आयाजित प्रतियोगितामा मोरङका हेमन्त थापाले ७ औं मिनेटमै गोल गर्दै खाता खोलेका थिए ।

जवाफमा दार्जिलिङका करण राईले ३७ औं मिनेटमा जवाफी गोल फर्काए । ५२ र ५७ औं मिनेटमा मोरङका अर्माण्ड भिदुङ र संजोग राईले क्रमशः १ –१ गोल थपेपछि मोरङले उपाधी जितेको हो । उपाधी जितेसँगै मोरङले ४ लाख रुपैंया र ट्रफि प्राप्त गरेको छ भने दार्जिलिङले २ लाखमा चित्त वुझाएको छ । व्यक्तिगत विधातर्फपनि मोरङकै खेलाडी हाबी भएका छन ।

मोरङका हेमन्त थापा आजको खेलका म्यान अफ दि म्याच घोषित भएभने मोरङकै दिनेश थापा मगर उत्कृष्ठ गोल रक्षक,अर्माण्ड भिदुङ हाइ स्कोरर, संजोग राई वेष्ट स्ट्राइकर मोरङकै याङकु राई सावित भए ।

यस्तै सोहि टिमका विक्रम लिम्बूले वेष्ट अफ दि टुनामेन्ट घोषित हुँदै टिभिएसको स्कुटर प्राप्त गरे । दार्जिलिङका वाङदेन तामाङलाई वेष्ट मिडफिल्ड र दिवस लिम्वूलाई वेष्ट डिफेन्सका रुपमा ५ –५ हजारका दरले पुरस्कृत गरियो । राइजिङ प्लेयरका रुपमा भने आयोजक पाँचथर क्लवका हेमन्त दर्नाललाइ पुरस्कृत गरिएको छ ।

Post Add 1025X115

Loading...